झापामा फाइबर बिछ्याउने क्रममा माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु

विराटनगर । झापाको शिवसताक्षी नगरपालिकामा फाइबर नेट जडानका लागि खाल्डो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरहाको लाहान नगरपालिका घर भई हाल शिवसताक्षी नगरपालिका-८ स्थित फाइबर नेटमा कार्यरत अन्दाजी ३५ वर्षीय रमेशकुमार यादव छन् ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब २:१० बजेको समयमा शिवसताक्षी-११ स्थित सतासी खोलाको शाखा कल्बर्ट नजिकै एनसेलको फाइबर जडानका लागि बनाइएको भूमिगत खाल्डोमा पसेर काम गरिरहेको अवस्थामा अचानक माटोको ढिस्को खसेको थियो ।

ढिस्कोले पुरिएर गम्भीर घाइते भएका यादवलाई तत्काल स्थानीयको सहयोगमा उद्धार गरी एम्बुलेन्स मार्फत दमक अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याए लगतै उपचारका क्रममा दिउँसो ३:३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।