झापाबाट लागू औषध ब्राउन सुगर सहित एक जना पक्राउ
विराटनगर, माघ २४ । झापाबाट लागू औषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् ।
माघ २३ गते झापाको अस्थायी प्रहरी चौकी बसपार्क, अनारमनीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा-११ बसपार्क स्थितबाट चेकजाँचको क्रममा इलामको इलाम नगरपालिका-६की रोमिक श्रेष्ठको साथबाट ११० मिलिग्राम लागु औषध फेला पारी नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।


