भेडेटार-नाम्जे सडक खण्डमा टाइमकार्ड लागू, दैनिक साढे १० घण्टा सडक बन्द
धनकुटा । निर्माणाधीन भेडेटार–रवि–राँके सडक अन्तर्गत भेडेटार–नाम्जे खण्डमा सवारी आवागमनका लागि टाइमकार्ड लागू गरिएको छ ।
थुम्की भीर कटानको काम भइरहेकाले सम्भावित जोखिम कम गर्न र सडक विस्तारलाई तीव्रता दिन निश्चित समयका लागि सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

