भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा गम्भीर घाइते खोटाङका एक जनाको मृत्यु
खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा थप एक नेपालीको मृत्यु भएको छ ।
मेघालयको पुर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विस्फोट हुँदा गम्भीर घाइते भएका खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारीका ३५ वर्षीय नरबहादुर खपाङ्गीको मृत्यु भएको हो ।
यससँगै कोइलाखानी विस्फोटमा ज्यान गुमाउने नेपालीको संख्या तीन पुगेको छ ।

