मोरङ र सुनसरीबाट प्रतिबन्धित औषधी र लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ

विराटनगर,१ फागुन । मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माघ २९ गते विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका-४ चोप्राहाका २६ वर्षीय विपिन कुमार मण्डललाई ६ ग्राम ४ सय ३० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित रंगेली-७ स्थितबाट पक्राउ गरेको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय तरहरा सुनसरीले इटहरी-२० स्थितबाट सोही स्थानका इमन याख्खा, सुजन राई र निमा घलेलाई प्रतिबन्धित औषधी ८० चक्की सहित, अस्थायी प्रहरी पोष्ट बस पार्क ईनरुवाले इटहरी-१८ का २४ बर्षीय परमेश्वर चौधरीलाई १ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको अस्थायी प्रहरी चौकी जनताबस्तीले धरान-५ का फुर्वा तामाङलाई प्रतिबन्धित औषधी ५२ चक्की सहित इटहरी-५ बाट नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।