झापामा गाईलाई क,रणी गर्दा गर्दै ३८ वर्षीय विपुल रंगेहात पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका–२ चैतुबारीमा गाईसँग अप्राकृतिक यौन क्रिया गरिरहेको अवस्थामा एक जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार फागुन १ गते दिउँसो करिब २ः३० बजे चैतुबारी बस्ने कुसलाल राजवंशीको गाई सोही स्थानका रञ्जित राजवंशीको खाली खेतमा चर्दै गरेको अवस्थामा एक व्यक्ति गाईसँग करणी गर्दै गरेको देखिएको थियो। स्थानीयवासीले ती व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी नायब निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा टोली खटिएको थियो। घटनास्थल सुरक्षित राखी संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारत, पश्चिम बंगाल, अलीपुरद्वार घर भई हाल बिर्तामोड–२ चैतुबारीस्थित कन्काई प्लाइ फ्याक्ट्रीमा कार्यरत अन्दाजी ३८ वर्षीय विपुल रोय रहेका छन्।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक प्रवीण श्रेष्ठको नेतृत्वमा टोली खटिएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।