५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
दाङ । दाङमा ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ७ कुमाल गाउँ बस्ने ३१ वर्षीय यज्ञ बोहरा छन् । उनलाई शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बोहराले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

