हत्यापछि सुटकेशमा राखेर पुलमुनी फालेको अवस्थामा एक युवतीको शव फेला

पोखरा । हत्यापछि सुटकेशमा राखेर पुलमुनी फालेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।

पोखरा–१७ तितेपानीको पुलमुनि २२ देखि २५ वर्ष उमेरको जस्तो देखिने युवतीको शव भेटिएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार फेवातालबाट जाने खोलामा पानीभित्रै तन्नाले बेरेको अवस्थामा सुटकेश भेटिएको हो । आज बिहान ८ बजेतिर प्रहरीलाई जानकारी आएलगत्तै शंका लागेर हेर्दा युवतीको शव भेटिएको हो ।

शवको सनाखत हुन सकेको छैन । युवती बस्ने कोठा भने भेटिएको छ । कोठामा भेटिएको एउटा मेडिकल कार्डमा एउटा नाम भेटिए पनि त्यो हो, होइन भन्ने यकिन भएको छैन् ।

शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।