सुनसरी १ मा रास्वपाकी गोमा तामाङको अग्रता,पछ्याउंदै हर्क साम्पांग
सुनसरी । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सुनसरी क्षेत्र नम्बर–१ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार गोमा तामाङ अग्रस्थानमा रहेकी छन्।
हालसम्मको मतगणनाअनुसार तामाङले ४६९ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईले १५४ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले १०७ मत प्राप्त गरेका छन्।
पछिल्लो मत परिणामअनुसार रास्वपाकी उम्मेदवार तामाङले अन्य प्रतिस्पर्धीभन्दा स्पष्ट अग्रता बनाएकी छन्। यस क्षेत्रको मतगणना प्रक्रिया अझै जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।


