पाँचथरबाट नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी

पाँचथर। पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी भएका छन्।

आज सम्पन्न मतगणनाअनुसार उनी १७ हजार २३३ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्, उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १४ हजार ७३४ मत प्राप्त गरे। केरुङ श्रम संस्कृति पार्टीका शेर्माभन्दा दुई हजार ४९९ बढी मत प्राप्त गर्दै विजयी भएका हुन्।

यस्तै नेकपा ९एमाले० अइन्द्रसुन्दर नेम्वाङले १४ हजार ५३४, नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्बाङले ११ हजार ४४३, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रविक्रम थाम्सुहाङले चार हजार १९७, राष्ट्रिय परिवर्तन पार्टीका टेकबहादुर सुब्बाले दुई हजार ८२५ मत पाएको मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका तेजकुमार कुरुम्बाङले ९२५, जनता समाजवादी पार्टी नेपालका मचिन्द्रप्रसाद बेघाले २४७, मङ्गोल नेसनल अर्गनाइजेसनका रामकुमार तुम्रोकले १६२, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रकाश काफ्लेले ११५, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भानुभक्त फियाकले १८० र नेकपा ९माओवादी०का विजय नेम्बाङले ९० नेपाल जनमुक्ति पार्टीका नरेन्द्रप्रसाद कुरुम्बाङले ६१ र नेपाल मजदुर किसान पार्टीका लछुमन तामाङले ३२ मत पाए।

जिल्लामा एक लाख ४३ हजार ४०८ मतदाता रहेकामा प्रत्यक्षतर्फ ७० हजार ८१८ मत खसेको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिए। यसमध्ये ६६ हजार ९२१ मत सदर हुँदा तीन हजार ८९७ मत बदर भएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।