इलाम –१ मा कांग्रेसका निश्कल राई निर्वाचित

इलाम । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर १ मा निश्कल राई निर्वाचित भएका छन् । हालै सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार राई १४ हजार ५४३ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टी (माटो चुनाव चिन्ह) का विनोद नेम्वाङ लिम्बुले १३ हजार ६३२ मत प्राप्त गरेका थिए । उक्त क्षेत्रबाट नेकपा एमालेले ११ हजार ९६६ मत प्राप्त गरेको छ ।

यस निर्वाचनमा निकै चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विमल गदाल (घण्टी चुनाव चिन्ह) ले ९ हजार १६० मत प्राप्त गरे । पूर्वमा श्रम संस्कृति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको लहरबिच कांग्रेसले आफ्नो पुरानो विरासत जोगाउन फर्काउन सफल भएको हो ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालको क्षेत्र मानिने यहाँ उनको दल नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राईले ७ हजार ६६५ मत प्राप्त गरे ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖