इरानको होर्मुज क्षेत्रमा एक नेपाली पक्राउ

काठमाडौं। इरानको होर्मुज क्षेत्रमा एकजना नेपाली नागरिक पक्राउ परेका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो।

परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काका अनुसार पक्राउ पर्ने नेपाली अमृत झा रहेका छन्। ‘हर्मुजबाट एक नेपालीको पक्राउ गरेर इरानले नियन्त्रणमा लिएको छ’, खड्काले पत्रकार सम्मेलनमा भने।

उनी होर्मुज क्षेत्रमा एक पानीजहाजमा कार्यरत रहेका बेला इरानले जहाजका सम्पूर्ण ‘क्रु’ सदस्यलाई नियन्त्रणमा लिँदा उहाँ पनि पक्राउ परेका हुन्। उक्त घटनाबारे झाका आफन्तहरूले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएपछि मन्त्रालयले औपचारिक रूपमा पुष्टि गरेको जनाएको छ।

परराष्ट्र मन्त्रालयले घटनाबारे थप विवरण संकलन भइरहेको र आवश्यक कूटनीतिक पहल अघि बढाइने जनाएको छ। हर्मुज क्षेत्र इरानको नियन्त्रणमा छ।

यसैबीच परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार एक सयजना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएको जनाएको छ।

शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सो जानकारी दिएका हुन्। उनका अनुसार अनलाइन दर्ता प्रणालीमा दर्ता भएकामध्ये करिब ६ हजार जनाले सुरुमा आफूहरू असुरक्षित रहेको जानकारी गराएका थिए।

तर, पछिल्ला दिनहरूमा असुरक्षित महशुस गर्नेहरूको संख्या उल्लेख्य रूपमा घटेको उनको दाबी छ। इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावका बीच मध्यपूर्वका विभिन्न देशहरूबाट मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १७० पटक सम्पर्क भएको क्षेत्रीले उल्लेख गरे।

उनले अवस्था सामान्य बन्दै गएको कारण श्रम स्वीकृतिको विषयमा जानकारी लिन धेरैजसो सम्पर्क हुने गरेको जानकारी दिए। उनले मन्त्रालयले आफ्ना १० वटै नियोगहरूमार्फत समस्यामा परेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिने र आवश्यक समन्वय गर्ने कार्य भइरहेको समेत जानकारी दिए।

ब्रिफिङका क्रममा प्रवक्ता क्षेत्रीले हाल कुनै पनि नेपाली नागरिक विदेशका ट्रान्जिटमा नरहेको जानकारी दिए। जेद्दामा रहेका ५२ जना हजयात्रीहरू समेत स्वदेश फर्किसकेको उनको भनाइ छ।

उनले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षामा सरकार गम्भीर रहेको भन्दै आवश्यक परेको खण्डमा उद्धारको लागिसमेत तयार रहेको जानकारी दिए।- हिमालय टाइम्स दैनिकबाट

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।