सडकमा जलाएको अवस्थामा भेटिएकी महिलाको खुल्यो पहिचान
नेपालगञ्ज । नेपालगञ्जको सडकमा जलाएको अवस्थामा भेटिएकी गिता भनिने श्रृजना बुढा मगर रहेको खुलेको छ ।
३ वर्षको बच्चाकी आमा श्रृजना माथि कसरी आगलागी भयो भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।
गम्भीर घाइते अवस्थामा उनको उद्धार गरेर भेरी अञ्चल अस्पतालमा उपचारका लागि लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको छ ।


