ओली पक्राउ विरुद्द एमालेले चैत २४ गतेदेखि विरोध प्रदर्शन सुरु गर्ने
काछमाडौ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत विरोध प्रदर्शन सुरु गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन्।
बैठकले तय गरे अनुसार चैत २४ गते सबै जिल्ला कमिटीले वृहत कार्यकर्ता भेला आयोजना गर्नेछन्। त्यसपछि पालिका, वडा र प्रदेश तहसम्म प्रदर्शन फैलाएर राजधानी केन्द्रित विरोध कार्यक्रम अघि बढाइनेछ।
एमालेका अनुसार वैशाख ३ गते वडा तहमा भेला र ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन आयोजना गरिनेछ। सबै कार्यक्रमको मुख्य उद्देश्य पार्टी अध्यक्ष ओलीको रिहाइको माग गर्दै स्थानीय र राष्ट्रिय स्तरमा पार्टी एकताबद्ध रहनु रहेको छ।
अन्ततः वैशाख १२ गते राजधानी काठमाडौंमा विरोध प्रदर्शन एवं सभा आयोजना गरिने तय भएको छ। यससभामा पार्टीका वरिष्ठ नेताहरू, कार्यकर्ता र समर्थकहरू सहभागी हुनेछन् र ओलीको पक्षमा ठूलो जनसमर्थन देखाउने तयारी गरिएको छ।
पार्टीका नेताहरूले देशव्यापी विरोध कार्यक्रमले सरकारले विपक्षी नेताप्रति देखाएको अत्यधिक कारबाहीविरुद्ध जनतालाई सचेत पार्ने र पार्टी एकता बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।


