झापाबाट लागू औषध ब्राउन सहित दुई जना पक्राउ
विराटनगर,चैत २१ गते । झापाको भद्रपुर नगरपालिका-३ आँपगाछी स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ।
झापाको भद्रपुर नगरपालिका-३, आँपगाछी स्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-४ का मनराज राई र खगेन्द्र गौतमलाई २ ग्राम ४१० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेकाको थप अनुसन्धान गरी रहेको छ।


