झापाबाट ठुलो परिमाणमा ब्राउन सुगर र विदेशी मुद्रा सहित २ जना पक्राउ

भद्रपुर,चैत २३ गते । झापाको भद्रपुर नगरपालिका-४ डाँगीबारी स्थितबाट ठुलो परिमाणमा लागु औषध ब्राउन सुगर र विभिन्न देशका मुद्रासहित २ जनालाई पक्राउ गरिएको छ ।

चैत २२ गते दिउँसो लागु औषधको कारोवार भइरहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-४ स्थितमा संकास्पद अवस्थामा रहेका भद्रपुर-४ का ३० वर्षीय बब्लु मर्डी र बिर्तामोड नगरपालिका-१ का २७ वर्षीय अनमोल गजमेरलाई नियन्त्रणमा लिई चेकजाँचको क्रममा उनिहरुको साथबाट २१८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित नेपाली रुपैया ३ लाख २ सय ५०, अमेरिकी डलर ७५, भारतीय रुपैयाँ ५ सय ३०, पाकिस्तानी रुपैयाँ ५० र अस्ट्रेलियन डलर ५ बरामद भएको थियो ।

चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय अनारमनीले कन्काई नगरपालिका-९ का देवुलाल राजबंशी, प्रमोद मल्लिक र श्याम चौधरीलाई १ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागू औषध सहित पक्राउ परेका उनिहरुको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖