धनकुटामा बेवारिसे अवस्थामा मोटर साईकल फेला
धनकुटा । धनकुटामा बेवारिसे अवस्थामा मोटर साईकल फेला परेको छ ।
जिल्लाको धनकुटा नगरपालिका ९ स्थित मार्गमा कालो रंग भएको बजाज २२० सिसिको को २३प८५७४ ईन्जिन नम्बर DKXCNK35964 र चेसिस नं. MD2A13EX2NCK815341 भएको मोटरसाइकल वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
सम्बन्धित मोटरसाइकल धनिले आवश्यक कागजपत्र सहित जिल्ला प्रहरी कार्यालय धनकुटामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।


