स्थानीय तहका उम्मेदवार छनोटका लागि रास्वपाले माग्यो सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, समावेशी र योग्यतामा आधारित बनाउन गृहकार्य सुरु गरेको छ । पार्टीले सबै निर्वाचन क्षेत्र समितिहरूबाट उम्मेदवार छनोटको रूपरेखा निर्माणका लागि आधिकारिक रूपमा सुझाव माग गरेको हो ।

रास्वपाको वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकले सह–महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्याण्डिडेट क्लब सम्पादन समिति’ गठन गरेको थियो । सोही समितिको वैशाख १४ गते बसेको बैठकले देशभरका निर्वाचन क्षेत्र समितिहरूबाट सुझाव सङ्कलन गर्ने निर्णय गरेको सचिव आरके ढुङ्गानाद्वारा जारी पत्रमा उल्लेख छ ।

पार्टीले सबै निर्वाचन क्षेत्र समितिहरूलाई आफ्नो समितिमा गहन छलफल गरी व्यवहारिक, वस्तुनिष्ठ र कार्यान्वयन योग्य सुझावहरू तयार पार्न निर्देशन दिएको छ ।

संघीय निर्वाचनको अनुभव र सिकाइका आधारमा आगामी स्थानीय निर्वाचनमा उम्मेदवार छनोट प्रक्रियालाई अझ बढी वैज्ञानिक, विश्वसनीय र जनमुखी बनाउने रास्वपाको लक्ष्य रहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।