श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा वेल घेरेपछि

काठमाडौँ । फागुन २१ को चुनावपछि बनेको प्रतिनिधिसभामा पहिलोपटक वेल घेरिएको छ । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले पर्चा देखाउँदै वेल घेरेको हो ।

आजको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलगायतले वेलमा गएर पर्चा देखाएका थिए । आकस्मिक रूपमा संसद्भित्र विरोध भएपछि सभामुख डीपी आर्यालले मर्यादामा रहेर विरोध गर्न निर्देशन दिएका थिए ।

केही समय विरोध गरेपछि हर्क साम्पाङलगायतका सांसदहरु आफ्नो सिटमा गएर बसेका थिए ।

साम्पाङले बोकेको पर्चामा ‘प्रधानमन्त्री संसद्प्रति जवाफदेही बन्नैपर्छ’, ‘प्रश्नदेखि भाग्न पाइँदैन’, ‘जनमतलाई सम्मान गर’, ‘संसद् छलेर अध्यादेश ल्याउन बन्द गर’, ‘संसदीय जिम्मेवारी बहन गर’ लगायत नारा लेखिएको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖