संसदीय समितिमा भुमिहिन राखिएको होल्डिङ सेन्टरका बारेमा छलफल हुने
काठमाडौं, ७ जेठ । संसदीय समितिहरूमा भुमीहिनलाई अस्थायी होल्डिङ सेन्टरमा राखिएको बारेमा छलफल हुदैँछ ।
संघीय संसद सचिवालय, सिंहदरबारमा बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सो छलफल हुदैँछ ।
संसद सचिवालयका अनुसार भूमिहीन नागरिकहरुलाई अस्थायी रुपमा राखिएको होल्डिङ्ग सेन्टरको अनुगमनको समीक्षा हुनेछ । दुवै समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।


