एमाले केन्द्रीय सचिवालय बैठक सुरू
काठमाडौं, ८ जेठ । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक सुरू भएकाे छ ।
शुक्रबार बिहान ११:३० बजे गुण्डु, भक्तपुरस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा उक्त बैठक बसिरहेकाे हाे ।
केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने एजेण्डासहित बैठक जारी रहेकाे सचिव महेश बस्नेतले जानकारी दिए।


