महिला टी–२० छनोटमा नेपालको लगातार दोस्रो जित

क्वाललम्पुर । एसियन गेम्स महिला टी- २० छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार क्वाललम्पुरस्थित बायोमास ओभल मैदानमा भएको खेलमा नेपालले इन्डोनेसियलाई ४ विकेटले पराजित गरेको हो ।

इन्डोनेसियाले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा ३ बल अगावै पछ्यायो । नेपालका लागि कप्तान इन्दु वर्माले नटआउट रहँदै सर्वाधिक ४२ रन बनाइन् । उनले ४३ बलको सामना गर्दै ५ चौका प्रहार गरिन् । सोनी पाखरिनले ३६ बलमा २९ रनको योगदान दिइन् ।

त्यस्तै, कविता कुँवरले १४ रन तथा सीता राना मगरले नटआउट रहेर १३ रन जोडिन् । पूजा महतोले ९ रन बनाइन् । इन्डोनेसियाका लागि नी मेड पुत्री सुवानडेवी र नी आरियानीले २-२ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय १३ रन बनाएको थियो । टोलीका लागि कप्तान नी पुतु आया नन्दा साकारिनीले अर्धशतकीय पाली खेल्दै ५६ रन जोडिन् । उनलाई नी लुह डेवीले २३ रन बनाउँदै राम्रो साथ दिइन् ।

नेपालका लागि मनिषा उपाध्यायले २ विकेट तथा रिया शर्माले १ विकेट हात पारिन् । प्रतियोगिताको समूह बीमा रहेको नेपालको यो लगातार दोस्रो जित हो । टोलीले पहिलो खेलमा चीनलाई १९ रनले हराएको थियो ।

योसँगै नेपाल दुई खेलबाट ४ अङ्क बटुल्दै समूह विजेता बनेको छ भने २ अङ्क बटुलेको चीन उपविजेता बनेको छ । अब नेपालले समूह ए को उपविजेता बनेको मलेसियासँग सेमिफाइनल खेल खेल्नेछ ।

फाइनल पुग्ने दुई टोली र तेस्रो स्थानको प्लेअफ जित्ने एक गरी कुल तीन टोलीले जापानको आइची–नागोयामा हुने एसियाली खेलकुद २०२६ का लागि स्थान पक्का गर्नेछन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।