तेस्रो अन्तर्राष्ट्रिय पथरी शनिश्चरे गोल्डकप असोज १७ देखि हुने

पथरी, ३१ जेठ । ‘अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकप २०८३’ असोज १७ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ। 

पथरी–११ फुटबल क्लबको आयोजनामा हुने तेस्रो संस्करणको गोल्डकपको बिजेताले रु ६ लाख प्राप्त गर्ने छ ।  गत बर्षको भन्दा उपाधी रकम वृद्धि गरिएको छ । क्लबले आइतबार गरेको मोरङको पथरीमा पत्रकार सम्मेलन मार्फत गोल्डकप बारे जानकारी दिएको हो ।

क्लबका अध्यक्ष सुमन वि।क।ले प्रतियोगिता सफल बनाउन खेलप्रेमी, सञ्चारकर्मी, प्रायोजक संस्था तथा स्थानीय व्यवसायीलाई सहयोगको अपिल गरेका छन्।  गोल्डकप पथरीशनिश्चरे स्थित पथरी रंगशालामा सन्चालन हुने छ  । 

गोल्डकपको बिजेताले ६ लाख नगद र उपबिजेताले ३ लाख नगद सहित ट्रफी प्राप्त गर्ने छ । सहलेस फुटवल क्लब दोस्राे संस्करणको गोल्डकपको बिजेता टोली हो ।  गोल्डकपमा २ बिदेशी र ए डिभिजन क्लब सहित १० टोली प्रतिस्पर्धा गर्ने छ्न ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।