कक्षा १२ को नतिजा सार्वजनिक,६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण

काठमाडौं, ५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।

परीक्षा सञ्चालनको ३५ दिनमै रिजल्ट निकालिएको यो पहिलो पटक हो ।  जसमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

 

प्रकाशित नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २ लाख ६५ हजार १९० जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । यो कुल सहभागीको ६४.१३ प्रतिशत हो। नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये ३० जनाको परीक्षा रद्द गरिएको छ भने २ लाख ३१ हजार ७७० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । नियमिततर्फ ग्रेड प्राप्त गर्ने प्रतिशत ६९.७५ रहेको बोर्डले जनाएको छ।

यस्तै, आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी सहभागी भएकामा १० जनाको परीक्षा रद्द गरिएको छ। आंशिकतर्फ ३६ हजार ४२० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । यो ४२.३८ प्रतिशत हो।

 

देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र थियो । सबैभन्दा बढी काठमाडौंमा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा १-१ केन्द्र निर्धारण गरिएको थियो । 

गत वैशाख १४ देखी २७ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए ।  जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए । त्यसमा १ लाख ७२, हजार ०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० जना थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖