धनकुटाको लेगुवामा विद्युत् सर्ट भई आगलागी, ४ लाख २२ हजार बराबरको क्षति

धनकुटा,८ असार । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवास्थित शिवरात्री टोलमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब ४ लाख २२ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार बिहान करिब ४ बजे स्थानीय शिवकुमार तुम्बाको टिनको छानो तथा काठपातले बनेको दुईतले घरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको हो। आगलागीबाट घरको माथिल्लो तल्ला पूर्ण रूपमा जलेर नष्ट भएको छ।

आगलागीका कारण संखुवासभाको पाँचखपन नगरपालिका–७ घर भई हाल सोही घरमा डेरा गरी बस्दै आएकी मिना चापागाईको खाद्यान्न, लत्ताकपडा, भाडावर्तन, एक थान ल्यापटप, एक थान एलसीडी टेलिभिजन तथा एक थान मोबाइल जलेर करिब १ लाख ५२ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

त्यसैगरी घरधनी शिवकुमार तुम्बाको घरको काठपात, खाद्यान्न (धान, मकै) तथा लत्ताकपडा जलेर करिब २ लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

प्रहरी चौकी लेगुवाबाट प्रहरी सहायक निरीक्षक गोविन्द दासको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा बिहान ५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖