धनकुटामा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
धनकुटा । लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा धनकुटामा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
‘लागुऔषधको चुनौती चिनौँ : सामाजिक समाधानको बाटो खोजौँ’ भन्ने मूल नारासहित धनकुटा नगरपालिका–६ स्थित श्री गोकुण्डेश्वर माध्यमिक विद्यालयको सभा हलमा कार्यक्रम आयोजना गरिएको हो।
जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा तथा सुनौलो जीवन प्रतिष्ठान (सुधार केन्द्र) को सहकार्यमा सम्पन्न कार्यक्रममा प्रहरी निरीक्षक रामप्रसाद खनालले लागुऔषध नियन्त्रण, यसको दुरुपयोगबाट हुने असर तथा रोकथामका उपायबारे अन्तरक्रिया तथा प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीसहित ६२ जनाको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।


