धनकुटाको पाख्रीबासमा गरियो नौमती बाजा ‘बेठी’सहितको रोपाइँ(फोटो फिचर)

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–४ स्थित निरौला घुम्तीमा पराम्परागत ‘बेठी’सहितको ठूलो रोपाइँ गरिएको छ। स्थानीय कृषक दुर्गबहादुर निरौलाको खेतमा नौमती बाजागाजा सहित सामूहिक रूपमा रोपाइँ गर्दै असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाइएको हो।

‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा परिचित असार १५ नेपाली कृषि संस्कृतिको महत्वपूर्ण पर्व मानिन्छ। यसै अवसरमा दही–चिउरा खाने परम्परासँगै गाउँघरमा सामूहिक रूपमा रोपाइँ गर्ने चलन रहेको छ।

विशेषगरी ठूला खेतहरूमा बाजागाजा सहित सामूहिक रूपमा गरिने रोपाइँलाई ‘बेठी’ भनिन्छ। यसले श्रमको आदानप्रदान मात्र नभई गाउँको सामाजिक सद्भाव, आपसी सहयोग र मौलिक संस्कृतिलाई समेत जीवन्त राख्ने काम गर्दै आएको छ।

पाख्रीबासमा आयोजित यस ‘ठूलो रोपाइँ’ले परम्परागत कृषि संस्कृति जोगाउने र नयाँ पुस्तालाई आफ्नो मौलिक परम्पराप्रति आकर्षित गर्ने सन्देश दिएको स्थानीयले बताएका छन्।

Screenshot

Screenshot

Screenshot

Screenshot

Screenshot

Screenshot

Screenshot

Screenshot

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।