बाढी,पहिरोले झापा–इलाम जोड्ने मुख्य तीन सडक अवरुद्ध
इलाम । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण झापा र इलाम जोड्ने मुख्य तीन सडक अवरुद्ध भएका छन्।
मेची राजमार्गअन्तर्गत सिमलगोला–तिल्केनी सडक खण्ड तथा माईखोला–भञ्ज्याङ र भञ्ज्याङ–बेलासे सडक खण्डमा बाढी र पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो।
सडक अवरुद्ध भएपछि झापा–इलाम आवतजावत गर्ने यात्रुहरू प्रभावित बनेका छन्। सम्बन्धित निकायले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको जनाएको छ।
यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।


