संघीय संसदका चार समितिको बैठक बस्दै

काठमाडौं, १७ असार । संघीय संसद अन्तर्गतका चार समितिको बैठक बस्दैँछन् ।

 

संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् ।  

 

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२७ लाई आरोग्य वर्षका रुपमा मनाउन लागेको सन्दर्भमा सोको तयारी सम्बन्धमा छलफल हुनेछ भने साथै, नेपाल नागरिक उड्‍डयन प्राधिकरण र मन्त्रालयलाई दिइएको निर्देशन कार्यान्वयनको अवस्था र तत्पश्चात् प्राप्त थप उपलब्धी सम्बन्धमा छलफल गरिने भएको छ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा समितिको आन्तरिक कार्यविधिका सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ९ः३० बजे सुरू हुनेछ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बिहान ९ः०० बजे बोलाइएको छ । शिक्षा समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल गरिनेछ ।

 

र, बिहान ९ः३० बजेवाट सुरू हुने संसदीय सुनुवाइ समितिमा आगामी सुनुवाइ सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी गर्ने सम्बन्धमा हुने संसद सचिवालयले जनाएको छ।

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖