कोशीमा ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित ८ जना पक्राउ

विराटनगर, असार १९ । कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्ध सञ्चालन गरेको महाअभियानअन्तर्गत विभिन्न जिल्लाबाट ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ९ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर, ७९० वटा प्रतिबन्धित ट्याब्लेट, ८६ हजार रुपैयाँ नगद तथा दुई वटा सवारी साधन बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कोशी प्रदेश प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले इटहरी–४ मा बस्दै आएका धरान–११ का दिनेश भट्टराईलाई उनकै कोठाबाट ४ ग्राम २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

यस्तै, अस्थायी प्रहरी पोस्ट जोरसखुवाले धरान–७ का रितेश भुजेललाई ३ ग्राम ४० मिलिग्राम ब्राउन सुगर र ४७ हजार रुपैयाँ नगदसहित तथा धरान–३ का शंकर गिरीलाई २ ग्राम ८० मिलिग्राम ब्राउन सुगर र ६ हजार रुपैयाँ नगदसहित पक्राउ गरेको छ।

धनकुटाको प्रहरी चौकी हिलेले चेकजाँचका क्रममा संखुवासभाको धर्मदेवी नगरपालिका–१ का अनिल घिसिङलाई २५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

उदयपुरमा प्रहरी चौकी लालपत्ताले स्कुटरमा सवार त्रियुगा नगरपालिका–१० का दिलिप खड्कालाई ओपिडोल र स्पास्मो गरी ४९० वटा प्रतिबन्धित ट्याब्लेटसहित पक्राउ गरेको छ। त्यस्तै, इलाका प्रहरी कार्यालय कटारीले मोटरसाइकलमा सवार कटारी–४ का श्याम सहनी र रबिन खड्कालाई टापेन्टाडोल ३०० चक्की र ३३ हजार रुपैयाँ नगदसहित पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका सबैविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖