झापामा २३.५५ ग्राम ब्राउन सुगर सहित एक जना पक्राउ

झापा, असार २० – झापाको अर्जुनधारा नगरपालिका–८ सब्जीलाइन क्षेत्रमा प्रहरीले २३.५५ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बिर्तामोडबाट शनिश्चरेतर्फ आउँदै गरेको बा ५७ प ७७३३ नम्बरको मोटरसाइकललाई नियमित चेकजाँच गर्ने क्रममा चालक अर्जुनधारा नगरपालिका–८ निवासी अन्दाजी ४१ वर्षीय सरोज गहतराज पक्राउ परेका हुन्।

उनको साथबाट ‘N10’ लेखिएको खोलबिनाको सेतो ट्याब्लेट ३० थान, २३ ग्राम ५५० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ तथा दुई थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद लागुऔषध, मोटरसाइकल तथा पक्राउ परेका गहतराजलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖