३ मोटरसाइकल सहित झण्डै १२ लाखको अवैध भारतीय कपडा बरामद

सञ्जय मिश्रा/रौतहट, २१ असार। रौतहटमा सशस्त्र प्रहरी बलको गस्ती टोलीले तीनवटा मोटरसाइकलसहित झण्डै १२ लाख रुपैयाँ बराबरको अवैध भारतीय कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण मुख्यालय रौतहटबाट खटिएको मोबाइल गस्ती टोलीले माधवनारायण नगरपालिका-१ दिपही क्षेत्रमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरेको कपडा बरामद गरेको हो।
 

सशस्त्र प्रहरीका अनुसार बीआर ०५ यू ३३७१, बीआर ०५ ए ८६६६ र बीआर ०५ ई ३५६४ नम्बरका भारतीय मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेको विभिन्न प्रकारका कपडाको अनुमानित मूल्य ११ लाख ९२ हजार ५७० रुपैयाँ रहेको छ।

सशस्त्र प्रहरी बल नंम्बर ११ गण रौतहटका प्रमुख एसपी रामहरी अधिकारीका अनुसार गस्ती टोली पुगेपछि तस्करहरू मोटरसाइकल र कपडा घटनास्थलमै छाडेर फरार भएका थिए।
 
बरामद कपडा तथा मोटरसाइकल आवश्यक कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको एसपी अधिकारीले जानकारी दिए।
सशस्त्र प्रहरीले पछिल्लो समय भारतसँग जोडिएका सीमावर्ती क्षेत्रमा निगरानी कडा बनाएका कारण तस्करहरूले नरकटिया–बन्कुल नाका प्रयोग गरी भन्सार छली कपडा नेपाल भित्र्याउने प्रयास गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖