सर्वोच्चद्वारा पूर्वसांसद कोइरी प्रकरणमा सरकारलाई ‘शो कज’

काठमाडौं। सर्वोच्च अदालतले नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गरी थुनामा पठाउनुको स्पष्ट कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ।

न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले पूर्वसांसद कोइरीका छोरा मनोजकुमार महतोले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। रिट निवेदनमा आफ्ना बाबुलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरिएको छ।

मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यामा संलग्न रहेको आरोपमा कोइरीविरुद्ध मुद्दा चलिरहेको थियो। सोही मुद्दामा उच्च अदालत जनकपुरले जिल्ला अदालतको यसअघिको सफाइ दिने फैसला उल्ट्याउँदै गत साता कोइरीलाई ५ वर्ष कैद सजाय सुनाएको थियो।

उच्च अदालतको फैसला लगत्तै कोइरीलाई पक्राउ गरी थुनामा पठाइएको थियो। रिट निवेदक मनोजकुमार महतोले १० वर्षभन्दा कम सजाय पाएका व्यक्तिले थुनाबाहिर रहेरै सर्वोच्चमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था रहेको भन्दै, मुद्दाको फैसला अन्तिम नहुँदै गरिएको गिरफ्तारी गैरकानुनी भएको जिकिर गरेका छन्।

यस सम्बन्धमा सर्वोच्च अदालतले सरकारी पक्षसँग थुनामा पठाउनुको कानुनी आधार र कारण माग गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖