निजगढमा विवादले लियो हिंसात्मक रूपः दाउरा प्रहारबाट एक जना गम्भीर घाइते

सञ्जय मिश्रा/बारा, २२ असार। बाराको निजगढ नगरपालिकामा दुई स्थानीयबीच भएको विवादले हिंसात्मक रूप लिँदा दाउ प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्।

 

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार दिउँसो करिब १२ बजे निजगढ नगरपालिका–१ गोरु बजारका ५० वर्षीय धनबहादुर घिमिरे र ४० वर्षीय मानबहादुर योन्जनबीच सामान्य भनाभन भएको थियो। विवाद चर्किएपछि घिमिरेले मासु काट्न प्रयोग गरिने दाउले योन्जनमाथि प्रहार गरेका थिए।

 

दाउरा प्रहारबाट योन्जनको टाउको र गर्दनमा गम्भीर चोट लागेको छ। घाइते उनको मध्यम सिटी अस्पताल, निजगढमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

घटनापछि आरोपित धनबहादुर घिमिरेलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय निजगढको हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको छ।

 

घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक दाताराम अधिकारीको नेतृत्वमा पाँच सदस्यीय टोली तथा अस्थायी प्रहरी पोस्ट सिगोलबाट असई मनोज तिवारीको नेतृत्वमा दुई सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖