भोजपुरमा सहित बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न सडक अवरुद्ध, केही एकतर्फी सञ्चालनमा

काठमाडौ,२३ असार । देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा सडक मर्मतका कारण प्रमुख राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। प्रहरीका अनुसार आज बिहान ८ बजेसम्म केही सडक एकतर्फी सञ्चालनमा रहेका छन् भने केही सडक पूर्ण रूपमा अवरुद्ध छन्।

कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्ग बाढीका कारण प्रभावित भएको छ। उक्त सडक हाल एकतर्फी सञ्चालनमा रहेको छ भने वैकल्पिक मार्गसमेत उपलब्ध रहेको प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जे खण्डअन्तर्गत वि.पी. राजमार्ग संभावित बाढीको जोखिमका कारण सम्पूर्ण सवारीसाधनका लागि बन्द गरिएको छ। त्यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ हुँदै महालक्ष्मी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडकखण्ड सडक मर्मतका कारण पूर्ण रूपमा बन्द गरिएको छ। उक्त सडक यसै महिनाको २५ गतेसम्म बन्द रहने जनाइएको छ।

लुम्बिनी प्रदेशको रोल्पा जिल्लाको माडी गाउँपालिका–६ हार्निङस्थित रुकुम–घोराही शहीद मार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा आएको बाढीका कारण भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, जाजरकोटको नलगाड नगरपालिका–८ मालुवास्थित जाजरकोट–डोल्पा सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।

प्रहरीले प्रभावित सडकखण्डमा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖