जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण विभागको सात दिने उपस्थितिको सूचना

काठमाडौं, २३ असार । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई अघि बढाउँदै सम्बन्धित निकायले नेपाली कांग्रेसका पूर्वप्रधानमन्त्री तथा निवर्तमान सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जारी गरेको सूचनामा अनुसन्धानका क्रममा केही विषयमा सोधपुछ तथा आवश्यक जानकारी लिनुपर्ने भएकाले सात दिनभित्र विभागमा उपस्थित हुन भनिएको उल्लेख छ।

विभागले उक्त पुर्जी बुढानिलकण्ठस्थित देउवा निवासमा टाँसेको जनाएको छ। उक्त निवास जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते आगजनीको घटनामा क्षतिग्रस्त भएको थियो। हाल क्षति पुगेको भवन भत्काउने काम भइरहेको छ।

यसअघि पनि विभागले यही प्रकरणमा जयवीर देउवाकी आमा आरजु राणाको नाममा समेत उपस्थितिको सूचना जारी गरेको थियो। अनुसन्धान प्रक्रिया जारी रहेको विभागले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖