कोशीमा लागू औषध सहित तीन जना पक्राउ

विराटनगर, असार २३ । कोशी प्रदेश प्रहरीले लागू औषधविरुद्ध सञ्चालन गरिरहेको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट लागू औषध कारोबार तथा ओसारपसारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ८० मिलिग्राम ब्राउन सुगर, १ केजी ५६० ग्राम गाँजा, ट्यापेन्टाडोल र ट्रामाडोल गरी १०१ चक्की, नगद ३० हजार रुपैयाँ तथा एउटा मोटरसाइकल बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय कटारी, उदयपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा सिन्धुलीको दुधौली नगरपालिका–१२ घर भई हाल उदयपुरको कटारी नगरपालिका–३ कान्छीबजार बस्दै आएका २९ वर्षीय मिलन सुनुवारको घरमा खानतलासी गर्दा ट्यापेन्टाडोल ९० चक्की, ट्रामाडोल ११ चक्की तथा नगद ३० हजार रुपैयाँ बरामद गरी पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस्तै, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१५ निवासी २३ वर्षीय सिद्धार्थकुमार शाहको घरमा खानतलासी गर्दा १ केजी ५६० ग्राम गाँजा बरामद गरी उनलाई नियन्त्रणमा लिएको छ।

त्यसैगरी, अस्थायी प्रहरी चौकी गरामनी, झापाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–९ मा चेकजाँचका क्रममा बिर्तामोड नगरपालिका–४ निवासी २५ वर्षीय प्रदीप दाहालको साथबाट ८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ। प्रहरीले उनलाई बा.प्र.०२–००६ प ९९५१ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका तीनै जनाविरुद्ध सम्बन्धित जिल्ला अदालतबाट म्याद थप गरी लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖