यातायात व्यवसायीलाई महासंघको निर्देशन: बढी भाडा, ओभरलोड र यात्रुमाथि दुर्व्यवहार नगर्न चेतावनी

काठमाडौं, २५ असार । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ले सार्वजनिक यातायात सेवामा बढ्दो गुनासोप्रति गम्भीर चासो व्यक्त गर्दै व्यवसायीलाई नियम पालना गर्न कडा निर्देशन दिएको छ। महासंघले यात्रु सेवा प्रभावकारी, सुरक्षित र मर्यादित बनाउन कानुनविपरीतका गतिविधि तत्काल रोक्न आग्रह गरेको हो।

महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी सूचनामा काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक यातायात सञ्चालनका क्रममा यात्रुलाई गन्तव्यसम्म नपु¥याउने, मनपरी भाडा असुल्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुमैत्री व्यवहार नगर्ने, तोकिएको स्थानबाहेक यात्रु चढाउने–ओराल्ने तथा यात्रु तानातान गर्ने जस्ता गतिविधि बढ्दै गएको उल्लेख गरिएको छ।

यस्तै, सवारीसाधनको सरसफाइमा लापरबाही गर्ने, डस्टबिनको व्यवस्था नगर्ने, तीव्र गतिमा सवारी चलाउने, ट्राफिक नियम उल्लंघन गर्ने तथा आवश्यक कागजात अद्यावधिक नराख्ने कार्यप्रति पनि महासंघले असन्तुष्टि जनाएको छ।

महासंघका अनुसार यस्ता गतिविधिले सार्वजनिक यातायात क्षेत्रको छवि कमजोर बनाइरहेको छ। खर्बौं रुपैयाँ लगानी भएको र राज्यलाई अर्बौं रुपैयाँ राजस्व योगदान गर्ने यातायात व्यवसायलाई थप मर्यादित, लगानीमैत्री र यात्रुमैत्री बनाउन व्यवसायी तथा मजदुरले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ।

महासंघले सेवा सुधार नगरे सम्बन्धित सरकारी निकायबाट सवारीसाधन, व्यवसायी तथा मजदुरमाथि कानुनबमोजिम कारबाही हुन सक्ने चेतावनीसमेत दिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖