शेख हसिना डिसेम्बरमा बंगलादेश फर्कने, अदालतमा हाजिर हुने

नयाँ दिल्ली, २७ असार । हाल भारतमा आश्रय लिइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना यसै वर्षको डिसेम्बरमा बंगलादेश फर्कने भएकी छिन । 

उनको दल ‘आवामी लिग’ का वरिष्ठ नेताहरू पनि शेख हसिनासँगै फर्केर बंगलादेशमा आत्मसमर्पण गर्नेछन्। यो उल्लेखनीय छ कि विद्यार्थी आन्दोलनपछिको हिंसाका बीच शेख हसिनाको सरकार ढले पछि उनी नयाँ दिल्ली पुगेकी हुन् । 

 

तर, यतिखेर हसिनालाई आफ्नै देशमा मृत्युदण्डको सजाय सुनाइएको छ र उनको पार्टीमाथि प्रतिबन्ध लगाइएको छ। बंगलादेशमा सबैभन्दा लामो समयसम्म सत्ता सम्हालेकी शेख हसिनाले आफू र आफ्नो पार्टी आवामी लिगका सदस्यहरू दुई वर्षअघि छोडेको देशमा स्वेच्छाले फर्किएर अदालतमा उपस्थित हुन चाहेको बताएकी अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन । 

 

टेलिफोन अन्तर्वार्तामा ७८ वर्षीया हसिनाले भनिन्, ‘फर्किएपछि उनीहरूले मलाई पक्राउ गर्न वा मार्न पनि सक्छन् तैपनि मैले जानैपर्छ। मेरो पार्टीका नेता तथा कार्यकर्ताहरू चरम दमनको सिकार भइरहेका छन्। यदि मृत्यु अपरिहार्य छ भने म त्यो आफ्नै माटोमा वरण गर्न चाहन्छु, जहाँ मेरा आमाबुवाको समाधि छ र जहाँ उहाँहरूको रगत बगेको थियो।’

प्रधानमन्त्रीका रूपमा धेरै कार्यकाल सम्हाले पछि व्यापक विरोध प्रदर्शनका कारण सन् २०२४ मा हसिना बंगलादेश छोडेर भाग्न बाध्य भइन्। सुरुमा उनले सत्ता गुमाइन् र त्यसपछि उनलाई मृत्युदण्डको सजाय सुनाइयो। सन् २०२५ को नोभेम्बरमा बंगलादेशको युद्ध अपराध न्यायाधीकरणले विद्यार्थीको नेतृत्वमा भएको आन्दोलन विरुद्ध घातक दमनको आदेश दिएको अभियोगमा उनलाई अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाइएको हो। तर, भारतमा निर्वासनमा रहँदा उनले यी आरोपहरू अस्वीकार गरेकी छिन्।

 

शेख हसिनाका अनुसार उनको सरकारका पूर्व गृहमन्त्री असदुज्जमान खान कमल पनि बंगलादेश फर्किनेछन्। उनीमाथि पनि मृत्युदण्डको सजाय तोकिएको छ ।

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।