भारतीय मिडियाले भने, ‘टि २० का लागि वैभव सुर्यबंशी लगायतका खेलाडी नेपाल जाने’

नयाँदिल्ली, २७ असार । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले ‘इन्डिया–ए) टोलीको आगामी भ्रमणको तालिका टुंगो लगाएको छ।

 

यो टोलीले यस वर्षको डिसेम्बरमा नेपालको भ्रमण गर्नेछ, जहाँ दुई टोलीबीच तीन खेलको टी–२० शृङ्खला खेलिनेछ। 

 

‘इन्डिया ए’ को यो भ्रमणलाई नेपाली क्रिकेटका लागि अत्यन्त महत्त्वपूर्ण मानिएको छ। पछिल्ला वर्षहरूमा बिसिसाईले एसोसिएट राष्ट्रहरूलाई बलियो बनाउन आफ्ना घरेलु र ए टोलीहरूको भ्रमण आयोजना गर्दै आएको छ।

 

यसै क्रममा ‘इन्डिया ए’ लाई नेपाल पठाउनु एक महत्त्वपूर्ण कदम मानिएको छ । ‘इन्डिया ए’ र नेपालबीचको पहिलो टी–२० खेल डिसेम्बर ९ मा हुनेछ। दोस्रो खेल डिसेम्बर ११ मा र अन्तिम खेल डिसेम्बर १३ मा खेलिनेछ। तीनै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्।

 

स्कटल्याण्डमा आयोजित आइसीसी को वार्षिक बैठकका क्रममा क्रिकेट संघ नेपालका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बिसिसीआइका सचिव देवजित सैकिया बीच भएको छलफल पछि यो शृङ्खलाको टुंगो लागेको हो। नेपालमा क्रिकेटको बढ्दो लोकप्रियतालाई हेर्दा यो शृङ्खलाका क्रममा रंगशालामा ठूलो संख्यामा दर्शकहरू उपस्थित हुने अपेक्षा गरिएको छ।

 

‘इन्डिया ए’ को यस भ्रमणको सबैभन्दा रोमाञ्चक पक्ष टोलीको सम्भावित संरचना हुन सक्छ। डिसेम्बरमा भारतीय वरिष्ठ टोलीको व्यस्त तालिकालाई ध्यानमा राख्दै नेपाल भ्रमणका लागि टी–२० का विशेषज्ञ र युवा खेलाडीहरूलाई पठाइन सक्छ। १५ वर्षीय वैभव सूर्यवंशी, तिलक वर्मा, रिंकु सिंह, शिवम दुबे, प्रिन्स यादव र सूर्यांश शेड्गे जस्ता खेलाडीहरू ‘इन्डिया ए’  टोलीमा समावेश हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन । 

 

सो समयमा भारतको कुनै पनि टी–२० अन्तर्राष्ट्रिय शृङ्खला तय गरिएको छैन। सन् २०२७ को व्यस्त ‘ह्वाइट बल’ क्रिकेट तालिका अघि युवा तथा टी–२० विशेषज्ञ खेलाडीहरूलाई चयन गर्ने उत्कृष्ट अवसर चयनकर्ताहरूका लागि यो हुनेछ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।