मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक, सशस्त्र प्रहरीलाई विपद् भत्ता र निगममा नयाँ कार्यकारी अध्यक्ष नियुक्त

मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक, सशस्त्र प्रहरीलाई विपद् भत्ता र निगममा नयाँ कार्यकारी अध्यक्ष नियुक्त

काठमाडौं । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले कृषि, सुरक्षा, खेलकुद, नागरिक उड्डयन र मिटरब्याज पीडितसँग सम्बन्धित पाँच महत्वपूर्ण निर्णय गरेको छ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावअनुसार ‘बिउ विजन (पहिलो संशोधन) नियमावली, २०८१’ स्वीकृत गरिएको जानकारी दिए।

बैठकले विपद्का बेला खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले उनीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर देशको प्रतिष्ठा बढाउने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

यस्तै, नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षमा महेश्वर भक्त श्रेष्ठलाई नियुक्त गर्दै उनलाई महाप्रबन्धकको समेत जिम्मेवारी रहने गरी कार्यकारी अध्यक्षको भूमिका दिइएको प्रवक्ता पोखरेलले बताए।

मन्त्रिपरिषद्ले मिटरब्याज (अनुचित लेनदेन) पीडितहरूको समस्या समाधानका लागि यसअघि गठित विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने जिम्मेवारी गृह मन्त्रालयलाई दिने निर्णयसमेत गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖