यूके पठाइदिने भन्दै १७ लाख रुपैयाँ ठगी गर्ने आरोपमा महिला पक्राउ
काठमाडौं — वैदेशिक रोजगारीका लागि बेलायत (यूके) पठाइदिने प्रलोभन देखाएर १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा काठमाडौं महानगरपालिका–१७ निवासी ३२ वर्षीया पूजा शाहीलाई काठमाडौंको माइतीघर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शाहीले एक जना पीडितसँग यूके पठाइदिने आश्वासन दिई १७ लाख रुपैयाँ ठगी गरेको आरोप छ।
पक्राउ परेकी शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


