सुकुना माध्यमिक विद्यालय घटना: थप एक जना नृत्य प्रशिक्षक पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेस्थित सुकुना माध्यमिक विद्यालयमा शिक्षकहरूले विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपमा भइरहेको अनुसन्धानका क्रममा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटनामा संलग्न रहेको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका–७ निवासी ३९ वर्षीय नृत्य प्रशिक्षक भिमप्रसाद नेपाललाई साउन ५ गते नियन्त्रणमा लिइएको हो।

प्रहरीले पक्राउ परेका नेपालमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

यसअघि विद्यालयमा विद्यार्थीमाथि भएको भनिएको दुर्व्यवहारको घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सोही अनुसन्धानका क्रममा थप व्यक्तिको संलग्नता देखिएपछि नृत्य प्रशिक्षक नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖