जेन्जी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार सहकारी ठगीका कैदी पक्राउ
काठमाडौं, साउन ५ — जेन्जी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका सहकारी ठगी मुद्दाका एक कैदी पक्राउ परेका छन्।
प्रहरीका अनुसार २०८२ साल भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५ निवासी सिबी लामा भनिने चन्द्रबहादुर तामाङलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ बाट पक्राउ गरिएको हो।
पक्राउ परेका तामाङलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि कारागार कार्यालय, भीमफेदी (मकवानपुर) पठाइएको प्रहरीले जनाएको छ।


