लगातार तेस्रो पटक उत्कृष्ट लुम्बिनी प्रदेश प्रहरी, डीआईजी खत्रीको नेतृत्व अब्बल

वुटवल, ७ साउन। डीआईजी भूपेन्द्र खत्रीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा लगातार तीन महिना उत्कृष्ट बन्दै नयाँ कीर्तिमान कायम गरेको छ। 

 

वैशाख, जेठ र असार महिनाको मूल्याङ्कनमा देशभरका सातवटै प्रदेश प्रहरी कार्यालयमध्ये लुम्बिनी प्रदेश प्रहरीले पहिलो स्थान हासिल गरेको हो।

नेपाल प्रहरी प्रधान कार्यालयले अपराध नियन्त्रण, अनुसन्धानको प्रभावकारिता, शान्ति–सुरक्षा व्यवस्थापन, सेवा प्रवाह, प्रशासनिक अनुशासन, मानवअधिकारको पालना, नागरिकसँगको समन्वय, फरार प्रतिवादी पक्राउ, राजस्व असुली तथा सीमा सुरक्षालगायतका सूचकका आधारमा गर्ने मासिक मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी लगातार तीन महिनासम्म शीर्ष स्थानमा रहन सफल भएको हो।

प्रहरी वृत्तमा अध्ययनशील, व्यावसायिक र परिणाममुखी अधिकृतका रूपमा परिचित डीआईजी भूपेन्द्र खत्रीले नेतृत्व सम्हालेपछि प्रदेश प्रहरीमा प्रविधिमैत्री सेवा, कार्यसम्पादनमा जवाफदेहिता, संगठनभित्र अनुशासन र नागरिकमुखी प्रहरी सेवालाई प्राथमिकतामा राखेका छन्। अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउने, सेवा प्रवाहलाई छरितो बनाउने तथा प्रहरी–नागरिक सम्बन्धलाई मजबुत बनाउने अभियानले सकारात्मक परिणाम दिन थालेको प्रहरी अधिकारीहरूको भनाइ छ।

लगातार तीन महिनासम्म पहिलो स्थान कायम राख्नु सामान्य उपलब्धि होइन। प्रहरी संगठनभित्र हुने कार्यसम्पादन मूल्याङ्कन समग्र सूचकका आधारमा हुने भएकाले यस्तो नतिजाले नेतृत्वको क्षमता, रणनीतिक योजना र कार्यान्वयनको प्रभावकारितालाई संकेत गर्छ। यसले लुम्बिनी प्रदेश प्रहरीले केवल अपराध नियन्त्रणमा मात्रै होइन, संस्थागत सुधार र सार्वजनिक सेवाको गुणस्तरमा पनि उल्लेखनीय प्रगति गरेको देखिन्छ।

 

नेपाल प्रहरीभित्र बढ्दो प्रतिस्पर्धाका बीच लुम्बिनी प्रदेश प्रहरीले कायम गरेको यो उपलब्धिलाई प्रभावकारी नेतृत्व, स्पष्ट कार्ययोजना र नतिजामुखी कार्यसंस्कृतिको प्रतिफलका रूपमा हेरिएको छ। यदि यही कार्यशैलीलाई निरन्तरता दिन सकियो भने लुम्बिनी प्रदेश प्रहरी आगामी दिनमा पनि उत्कृष्ट कार्यसम्पादनको उदाहरणका रूपमा स्थापित रहने अपेक्षा गरिएको छ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।