ताप्लेजुङमा फलैँचाबाट लडेर युवकको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ डाँडागाउँमा घरको फलैँचाबाट लडेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय कुमार गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बिहीबार साँझ करिब ६:३० बजे घरको सिमेन्टको फलैँचामा सुतिरहेका बेला उनी अचानक तल खसेका थिए।
घटनामा गम्भीर घाइते भएका गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


