मोरङमा मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना, चालकको मृत्यु

मोरङ । मोरङको रतुवामाई नगरपालिका–४ भद्रचोकस्थित हुलाकी सडक खण्डमा मादक पदार्थ सेवन (मापसे) गरेर चलाइएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बिहीबार राति करिब १०ः३५ बजे विराटनगरबाट झापाको गौरीगन्जतर्फ जाँदै गरेको बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।

दुर्घटनामा मोटरसाइकल चालक झापाको गौरीगन्ज गाउँपालिका–६ आठमोजाका २८ वर्षीय वरुणकुमार राजवंशी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि रतुवामाई नगर अस्पताल, झुर्किया पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार मृतकको शव पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाइएको छ।

इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बू नेतृत्वको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानबाट चालकले मापसे गरेर मोटरसाइकल चलाएका कारण दुर्घटना भएको खुलेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।