सम्पत्ति शुद्धीकरण नियम उल्लङ्घनमा तीन ब्रोकरलाई १.१० करोड जरिवाना, सानिमा क्यापिटललाई चेतावनी

काठमाडौं, १४ साउन । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्था उल्लङ्घन गरेको ठहर गर्दै तीन ब्रोकर कम्पनीलाई कुल १ करोड १० लाख रुपैयाँ जरिवाना गरेको छ। बोर्डका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गतका ग्राहक पहिचान तथा अनुपालनसम्बन्धी दायित्व पूरा नगरेपछि कारबाही गरिएको हो।

कारबाहीअनुसार सिप्ला सेक्युरिटिज प्रालिलाई ५० लाख रुपैयाँ जरिवाना गरिएको छ भने श्री कृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेज प्रालिलाई जनही ३० लाख रुपैयाँ जरिवाना गरिएको छ। बोर्डले ऐनको दफा ७फ बमोजिम यी संस्थामाथि आर्थिक दण्ड लगाएको जनाएको छ।

यस्तै, मर्चेन्ट बैंकर तथा सेयर रजिस्ट्रार सानिमा क्यापिटल लिमिटेडलाई भने सचेत गराइएको छ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस सेयर वितरणका क्रममा २ हजार ५३३ जना लगानीकर्ताको डिम्याट खातामा आवश्यकभन्दा बढी सेयर जम्मा भएको पाइएपछि बोर्डले पहिलोपटक चेतावनी दिएको हो। बोर्डले यसलाई व्यवसायिक मापदण्ड पालना नगरेको भन्दै भविष्यमा यस्तो त्रुटि नदोहो¥याउन निर्देशनसमेत दिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।