पर्सामा १०५ किलो गाँजा सहित भारतीय नागरिक पक्राउ
पर्सा । पर्सामा १०५ किलो अवैध लागूऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
मंगलबार राति करिब ९ बजे पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्साबाट उनलाई पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारत बिहार राज्यको बेतिया जिल्ला, उजहरुपरजिलवा भागा श्रीनगर–३ ठेगाना भएका अन्दाजी ५० वर्षीय सउरु चौधरीलाई १०५ किलो गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

