मर्निङवाकमा निस्किएका ६५ वर्षीय बोटेको बाघको आक्रमणबाट मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका–२८ जितपुरमा मर्निङवाकमा निस्किएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२८ जितपुरका ६५ वर्षीय मंगले बोटे रहेका छन्। उनी मंगलबार बिहान करिब ५ बजे मर्निङवाकका लागि घरबाट निस्किएका थिए। त्यसपछि एक्कासी बेपत्ता भएपछि परिवार तथा स्थानीयले उनको खोजी सुरु गरेका थिए।

बिहान करिब ८ बजे उक्त क्षेत्रमा बाघ देखिएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। त्यसपछि नेपाली सेना, राष्ट्रिय निकुञ्ज प्रशासनको टोली तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा हात्ती प्रयोग गरी बोटेको खोजी थालिएको थियो।

खोजी गर्ने क्रममा दिउँसो ४ः२० बजे घटनास्थलबाट करिब ४–५ किलोमिटर पूर्वतर्फ रहेको राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गरेको अवस्थामा बोटेको शव फेला परेको प्रहरीले जनाएको छ।

फेला परेको शव मंगले बोटेको भएको उनका छोराले सनाखत गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।